गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेको २४ घण्टामा सरकार ढालिएको आरोप लगाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतको लागि गरेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै लामिछानेले बेचन झा र प्रतीक थापा पक्राउ परेपछि सरकार ढालिएको बताएका छन् ।
‘यही सदनमा उभिएर सांसदहरूले भ्रष्टाचारका फाइल किन खुलेनन् भनेर प्रश्न गर्नुभएको थियो । फाइल खोलेको २४ घण्टामा सरकार ढाल्नुभयो । अनि कसरी खोल्ने फाइल ? २४ घण्टामा,’ रविले भने, ‘सरकार के कारणले ढल्यो भनेर नेताहरूले देशलाई ढाँट्नुभयो । यो देशका बच्चा बच्चालाई थाहा छ कारण सरकार किन ढल्यो ? केही नियुक्ति, बेचन झा र प्रतीक थापाको पक्राउबाहेक यो सरकार ढलको अर्को कुनै कारण जनतालाई थाहा छैन ।’














![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)






![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)
प्रतिकृया