प्रकाश शरणको अगुल्टो भेटेका सेयर लगानीकर्ता वर्षमानसंग झस्किए, दिए खरो चेतावनी !



Advertisement
Ads

गत जेठ १५ गते डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरे। जेठ १५ गते गणतन्त्र दिवस पर्ने भएकाले सार्वजनिक विदा थियो त्यसैले त्यो दिन सेयर बजार बन्द थियो। भोलिपल्ट खुल्ने बित्तिकै बजार ओरालो लाग्न थाल्यो। १६ गते १९४४ मा ओपनिङ्ग भएको नेप्से परिसूचक १८८८ को बिन्दुमा क्लोज भयो। १७ गते पनि घटेर १८४९ को बिन्दुमा झर्यो। दुई दिनमै नेप्से परिसूचक ९५ अंकले घट्यो। त्यसरी बजार घट्नुको कारण थियो बजेटमा परेको एउटा बुँदा।


Advertisement

बजेटको बुँदा नम्बर २९ मा गरिएको व्यवस्थाका कारण लगानीकर्ताहरु प्यानिक भए। सो बुँदामा व्यवसायका रुपमा धितोपत्रको कारोबार गर्ने प्राकृतिक व्यक्तिले आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष ०७६/७७ देखि ०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम २०८० साल चैत्रभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क र ब्याज मिनाहा हुनेछ भन्ने व्यवस्था गरिएको थियो। सेयरमा गरिएको लगानीमा ३६५ दिनभन्दा कम होल्ड गरिएको सेयर बिक्रि गरे ७.५% लाभकर र ३६५ दिनभन्दा बढी होल्ड भएका सेयर बेच्दा ५% लाभकर तिर्नुपर्ने व्यवस्थालाई यथावत् राखिएको थियो। सो ७.५ र ५% लाभकरलाई अन्तिम करको मान्यता दिनुपर्ने माग लगानीकर्ताहरुले उठाउँदै आएका थिए तर सरकार भने सेयर लगानीबाट वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउनेहरुलाइ व्यक्तिगत आयकरकै दायरामा आउनुपर्छ भन्ने हिसाबले प्रस्तुत भईरहेको थियो।


Advertisement

बजेटमा गरिएको सो व्यवस्थाको व्यापक विरोध भयो, लगानीकर्ताहरु सडकमा उत्रिए। लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरु बन्द गरेर कारोबार ठप्प गराउने घोषणा गरे। सर्वत्र विरोध भईसकेपछि अर्थ मन्त्रालयले आन्दोलनरत लगानीकर्ताहरुलाई वार्तामा बोलायो। अर्थ मन्त्रालयका तर्फबाट एक आधिकारिक पत्र सार्वजनिक भयो जसमा ७.५% र ५% लाभकर नै अन्तिम कर हुने व्यवस्था यथावत् रहेको कुरा स्पष्ट पारियो। त्यसपछि बजार तिव्र रुपमा बढ्न थाल्यो र २२४४ को बिन्दुसम्म पुग्यो।


Advertisement

पोहोर जसरी नै करसम्बन्धी केहि बुँदा बजेटमा पर्लान् भनेर पूँजीबजारका लगानीकर्ताहरु झस्किएका छन्। बजेटको मुखैमा जेठ १२ गते लगानीकर्ताका ८ संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जेठ १५ गते पेश हुने बजेटमा विगत लामो समयदेखि लगानीकर्ताहरुले उठाएका मागहरु सम्बोधन नभएमा र द्विविधायुक्त कर नीति आएमा सशक्त विरोधमा उत्रिने चेतावनी दिएका छन्।

बजेट अघि नै किन खरो विज्ञप्ति जारी गर्नुभयो भन्ने बजारको चिरफारको जिज्ञासाको जवाफ दिँदै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल भन्छन, ‘पूँजीबजारका लगानीकर्ताको मनोबल बिगार्ने नीति अर्थ मन्त्रीज्यूले लिनुहुन्न भन्नेमा हामी पूर्ण रुपमा विश्वस्त छौं। विगत ३ वर्षदेखि बजार निरन्तर घटिरहेको छ, अहिले केहि सुधारका लक्षणहरु देखिईरहेको बेलामा राज्यका निकायहरुले लगानीकर्ताको मनोबल उकास्ने काम गर्नुपर्छ। आयकर ऐनमा संशोधन गर्नुपर्ने केहि विषयवस्तुहरु छन्। ती सबै विषयहरुलाई समेटेर हामीले संयुक्त रुपमा अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गराएका हौं।’

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर