पोखरामा २ अर्बको लगानीमा भाटभटेनी सुपरमार्केटको दोस्रो शाखाको निर्माण सुरु भएको छ। साढे १२ रोपनी क्षेत्रफलमा पोखरा महानगरपालिका–२९, तालचोकमा स्थित नयाँ सुपरमार्केटको भूमिपूजा सोमबार सम्पन्न भएको हो।
भाटभटेनी सुपरमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले नयाँ शाखा मुलुकको २८औं शाखा हो र यो एक वर्षभित्र सञ्चालनमा आउने जानकारी दिएका छन्। भाटभटेनीका अध्यक्ष र प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले भूमिपूजा गरी औपचारिक निर्माण शुभारम्भ गरेका छन्।
सुपरमार्केट २ लाख २५ हजार स्क्वायर फिटको हुनेछ र यसमा २ तले बेसमेन्ट पार्किङ, फुडकोट, र बच्चाका लागि प्ले एरिया पनि हुनेछ। सुपरमार्केटमा प्रत्यक्ष रुपमा ४ सय बढीले रोजगारी पाउने जनाइएको छ। साथै, सुपरमार्केटमा २ वटा फिल्म हल पनि समावेश गरिनेछ।
















प्रतिकृया