नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक चार दशमलव ६२ अङ्कले घटेर दुई हजार एक सय ३६ दशमलव ३५ को अङ्कमा कायम भएको हो ।
आज तीन सय २४ कम्पनीको एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता सेयर ५९ हजार नौ सय ७४ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय छ बराबरको कारोबार भएको छ । वित्त समूह शून्य दशमलव २६, लघुवित्त शून्य दशमलव ९२ र म्युचुअल फण्ड शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
आज बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव ३६, होटल तथा पर्यटन शून्य दशमलव ९५ र जलविद्युत् समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ । लगानी शून्य दशमलव २९, जीवन बीमा शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव ३३, व्यापार शून्य दशमलव ८२ र अन्य समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ६८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य आठ दशमलव ३९ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड ७० लाख ८० हजार नौ सय ३५ रुपैयाबराबरको तीन लाख ९० हजार दुई सय पाँच कित्ता सेयर किनबेच भएको छ ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया