नेपालमा पर्यटकहरूको संख्या फेरि बढ्न थाल्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १७ गते
नेपालमा पर्यटकहरूको संख्या फेरि बढ्न थाल्यो

नेपालमा पर्यटकहरूको संख्या फेरि बढ्न थालेको छ। अप्रिलदेखि जुलाइसम्म हवाई मार्ग हुँदै आउने पर्यटकहरूको संख्या घट्दै गएको थियो, तर अगस्ट महिनामा यो संख्या फेरि बढेको छ। नेपाल पर्यटन बोर्डको अनुसार, अगस्ट महिनामा कुल ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन्, जुन पोहोरको तुलनामा ८.३ प्रतिशतको वृद्धि हो।

मार्च महिनामा १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए, तेसपछिका महिनाहरुमा पर्यटकको संख्या घट्दै गयो। अप्रिलमा १ लाख ११ हजार ३७६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र जुलाईमा ६४ हजार ५९९ पर्यटक मात्र नेपाल आएका थिए।

अगस्ट महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्, जसको संख्या २५ हजार ८३२ रहेको छ। यद्यपि, यो संख्या पोहोरको तुलनामा ३.१ प्रतिशतले कम हो। चीनबाट आएका पर्यटकहरूको संख्या ६ हजार ६१४ रहेको छ, जसमा ३१.६ प्रतिशतको वृद्धि भएको छ। अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट ४ हजार ८५१, बंगलादेशबाट ३ हजार ७७ र बेलायतबाट २ हजार ७६४ पर्यटक नेपाल आएका छन्।

चिनियाँ र अमेरिकी पर्यटकहरूको संख्या क्रमशः ३१.६ प्रतिशत र २१.३ प्रतिशतले बढेको छ। यसबाहेक, कोरियन पर्यटकहरूको संख्या ४५.८ प्रतिशत र जापानी पर्यटकहरूको संख्या २३.८ प्रतिशतले बढेको छ। यसपालि अगस्टमा १ हजार ८८१ जापानी र १ हजार ६०२ कोरियन पर्यटक नेपाल आएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स