नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद करिब एक वर्षदेखि खाली रहँदा आईपीओ जारी लगायतका कार्यसम्पादनमा समस्या उत्पन्न भएको छ। पूर्वअध्यक्ष रमेश कुमार हमालले २०८० साल पुस २० गते कार्यकाल पूरा गरी बोर्डबाट बिदा भएदेखि नै अध्यक्ष पद रिक्त रहेको छ र १० महिनासम्म यो रिक्तता कायमै छ। यस अवधिमा अर्थ मन्त्रालयका सहसचिवहरू कामचलाउ अध्यक्षका रूपमा बोर्ड सञ्चालन गर्दै आएका छन्।
अध्यक्ष नियुक्तिको लागि सरकारले प्रयास जारी राखेको भए पनि प्रक्रिया विभिन्न अवरोधका कारण स्थगित हुँदै आएको छ। दशैँअघि नियुक्ति प्रक्रिया अघि बढाउन सरकारले अन्तर्वार्ताका लागि उम्मेदवार बोलाए पनि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बिरामी भएको कारण अन्तर्वार्ता स्थगित गर्नुपर्यो, जसले नियुक्ति प्रक्रिया थप लम्बाइदिएको छ।
अध्यक्षको अभावका कारण अहिले धितोपत्र बोर्डमा ३७ कम्पनीका २७ अर्बभन्दा बढीको आईपीओ प्रस्ताव पाइपलाइनमा अड्किएको छ। यस्तै, एफपीओ र हकप्रद सेयर जारीका लागि आवेदन दिएका अन्य कम्पनीका प्रस्तावहरू पनि बोर्डमा लामबद्ध रहेका छन्। बोर्डमा पूर्णकालीन अध्यक्ष नियुक्त नभएसम्म आईपीओ जारी हुने सम्भावना न्यून देखिएको छ।
हाल अर्थ मन्त्रालयका सहसचिव महेश बरालले बोर्डको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् र केही कम्पनीलाई एफपीओ तथा हकप्रद सेयर जारी गर्न अनुमति दिइरहेका छन्। तर, उनी बोर्डको अध्यक्ष नियुक्ति नहुन्जेलका लागिमात्र अध्यक्षको भूमिकामा रहेका कारण विभिन्न कम्पनीका आइएपीओ निस्कासनको निर्णय अन्यौलमा परेको हो ।



![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)







![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया