दुई महिनामा नेपालबाट बङ्गलादेशलाई ९ करोड बराबरको मालवस्तु पठाइयो

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ४ गते
दुई महिनामा नेपालबाट बङ्गलादेशलाई ९ करोड बराबरको मालवस्तु पठाइयो

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट बङ्गलादेशमा रु ८ करोड ९९ लाख २० हजार ८०१ बराबरको मालवस्तु निर्यात भएको छ।

नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमा बङ्गलादेशबाट रु ६६ करोड ८४ लाख ३३ हजार १४२ बराबरको सामान आयात भएको छ।

कार्यालयको तथ्याङ्कअनुसार, नेपालबाट बङ्गलादेशमा मुख्यतया खुदो निर्यात भइरहेको छ, जसको मूल्य दुई महिनामा रु ७ करोड ६७ लाख ८१ हजार ५२२ पुगेको छ।

गोदाम व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार, सो अवधिमा जुट, कागज, औषधि, ब्याट्री, कपडा र रेडिमेड वस्त्र, प्लास्टिक फर्निचरलगायतका सामान बङ्गलादेशबाट नेपालमा आयात भएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स