दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार १३ असोजबाट केन्द्रीय कार्यालय, प्रदेशका शाखाहरू र अन्य बैंकहरूबाट सुकिला नोट साट्न सकिने पाइने भएको हो । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । तर, यस वर्ष प्रयोगमा आइसकेका तर सफा र नयाँ जस्ता देखिने सुकिला नोट साट्न सकिने व्यवस्था गरिएको हो।
सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुनः नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएका कारण यसपटक नयाँ नोट बजारमा नल्याउने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ।












![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया