तपाईँले खाईरहनुभएको मसला कति सुरक्षित ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख १९ गते
तपाईँले खाईरहनुभएको मसला कति सुरक्षित ?
AdvertisementAds

यतिबेला भारतका प्रमुख मसला निर्माताहरू विवादको शिखरमा तानिएका छन्। सिङ्गापुर र हङकङले एमडीएच र एभरेस्टका केही मसलाहरूमा त्यहाँको नियामकहरूले सम्भावित क्यान्सर पैदा गर्ने पदार्थ फेला पारेपछि प्रतिबन्ध लगाए। सँगै युरोपेली सङ्घले भारतबाट आएको खुर्सानी र खुर्सानीको नमुनामा उही पदार्थ फेला पारे। र लगभग ६० वटा जडीबुटी र मसलाहरू दूषित भएको पाइएको थियो।

र यी सबै कुराले अमेरिका पनि डराएको छ। अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडिए) ले अहिले एभरेस्ट र एमडीएचका उत्पादनहरूको अनुसन्धान गरिरहेको रोयटर्सले जनाएको छ। अस्ट्रेलियाले पनि अहिले यो मामिलालाई हेरिरहेको छ। नेपाली बजारमा पनि एमडीएचका मसलाहरू उपलब्ध छन।

अनुसन्धानमा फेला परेको यो क्यान्सर पैदा गर्ने पदार्थ के हो?

अनुसन्धानमा फेला परेको यो क्यान्सर पैदा गर्ने पदार्थ इथिलीन अक्साइड हो।

यो एक ज्वलनशील, मीठो-गन्ध आउने ग्याँस हो। भारतीय नेशनल क्यान्सर इन्स्टिच्युटका अनुशार यसले शुष्म जीवहरू मार्ने हुँदा मुख्यतः स्वास्थ्य उपकरणहरू (Sterilize medical equipment) जीवाणुरहित गर्न प्रयोग गर्ने गरिन्छ। यसमा डिएनएलाई क्षति पुर्याउने क्षमताको हुने हुँदा खाद्य कम्पनीहरु यसलाई प्रयोग गर्ने गर्छन। यसले सूक्ष्मजीवहरू (ढुसी) को वृद्धि नियन्त्रण गर्दछ यसर्थ उत्पादनहरू लामो समयसम्म विग्रिदैन। यो ग्याँसको यही विशेषताले क्यान्सर सँगै अंगहरुमा पनि क्षति पुर्याउने गर्छं।

AdvertisementAds

एजेन्सीहरुको सहयोगमा 

 

 

 

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स