डेङ्गु सङ्क्रमणको जोखिम बढदोक्रममा, उच्च सतर्कता अपनाउन आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १८ गते
डेङ्गु सङ्क्रमणको जोखिम बढदोक्रममा, उच्च सतर्कता अपनाउन आग्रह

भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको जनाएको छ ।
बाँकेका डेङ्गु रोग सम्पर्कव्यक्ति दुर्गा गौतमले बाँकेमा चालु आर्थिक वर्षको हालसम्म चार सय पाँचजना डेङ्गुका सङ्क्रमित भेटिएको जानकारी दिँदै यसलाई नियन्त्रण गर्न वडास्तरमा पनि कार्यक्रम सुरु गर्न लागेको बताए ।

जिल्लाका आठ स्थानीय तहमध्ये राप्ती सोनारी गाउँपालिकामा पाँच, कोहलपुर नगरपालिकामा २४, बैजनाथ गाउँपालिकामा नौ, खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा पाँच, नेपालगन्ज उपमहानगरपालिकामा ४५ र डुडुवा गाउँपालिकामा छजना डेङ्गुका बिरामी छन् ।

“बिरामीको सङ्ख्या बढ्दै गएको छ र अस्पताल आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएकाले डेङ्गुको सङ्क्रमण बढदो देखिएको छ,” गौतमले भने ।

जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम बढ्ने समय नजिक आएको र यसको नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको डेङ्गु रोग सम्पर्कव्यक्ति गौतमले बताएका छन् । उनले रोग नियन्त्रणका लागि सीमामा पनि निगरानी बढाउनु आवश्यक भएको बताए । उनले डेङ्गुको सङ्क्रमण भएको लामखुट्टेले एक पटकमा करिब चारदेखि पाँच जनासम्मलाई रोग सार्ने क्षमता रहेको जनाउँदै पछिल्लो छ महिना यता मात्रै नेपालगञ्जमा एक हजार दुई सय ६८ जना डेङ्गु रोगबाट सङ्क्रमित भएका बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले डेङ्गु नियन्त्रणका लागि जिल्लाका सबै सार्वजनिक स्थानलगायत प्रत्येक कार्यालयहरूमा सरसफाइ अभियान चलाउन निर्देशन दिएका छन् ।

#Bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स