ट्रम्पले गैरकानुनी आप्रवासीहरु हटाउने भनेपछि निजी जेलको सेयर मूल्यमा उछाल

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ६ गते
ट्रम्पले गैरकानुनी आप्रवासीहरु हटाउने भनेपछि निजी जेलको सेयर मूल्यमा उछाल

अमेरिकाको राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीहरूलाई देश निकाला गर्ने योजनामा कडा कदम चाल्ने तयारी गरेका छन्। उनले राष्ट्रिय आपतकाल घोषणा गरेर सैनिक शक्ति समेत प्रयोग गर्ने समेत संकेत दिएका छन्।

डोनाल्ड ट्रम्प व्हाइट हाउस फर्किने संकेत देखिएसँगै अमेरिकाका दुई प्रमुख निजी जेल कम्पनी Geo Group र CoreCivic का सेयरहरू तीव्र रूपमा बढेका छन्। यो महिनाको चुनावपछि Geo Group को सेयर ७४% र CoreCivic को ५५% ले उकालो लागेको छ।

ट्रम्पको योजनाले गैरकानुनी आप्रवासीहरूलाई मुद्दा समाधान नहुँदासम्म राख्न थप हिरासत केन्द्रहरूको आवश्यकता पर्नेछ। यसका लागि थप जेलको आवश्यकता पर्न सक्नेछ। यसले निजी जेल कम्पनीहरूको व्यवसाय बढ्ने अनुमान गरिएको छ।

पहिलो कार्यकालमा ट्रम्पले निजी जेलहरूको प्रयोग बढाए पनि यी कम्पनीहरूको आम्दानीमा भने ठूला परिवर्तन देखिएको थिएन। २०१६ देखि २०२० सम्म Geo Group को आम्दानी मात्र ८% मात्र बढ्यो, जबकि मुनाफा घट्यो। CoreCivic को मुनाफा २२ करोड डलरबाट ५.४ करोड डलरमा झर्‍यो।

एजेन्सी हरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स