जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरूले कुल ५ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएका छन्। समग्रमा, जीवन बीमा कम्पनीहरूको खुद नाफा २२.३२ प्रतिशतले वृद्धि भएको छ। गत आषाढ मसान्तसम्म, बीमा कम्पनीहरूको प्रमुख वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ।
हामीले यस लेखमा जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण सूचकहरुको प्रस्तुत गरेका छौँ।
१. चुक्तापुँजी: गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी चुक्तापुँजी हिमालयन लाइफ इन्स्योरेन्सको ८ अर्ब २० करोड रुपैयाँ रहेको छ। नेप्सेमा सुचिकृत १२ ओटा जीवन बीमा कम्पनीहरूको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार समग्रमा चुक्ता पुँजी ५८ अर्ब ३२ करोड रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १२.७३ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी ५१ अर्ब ७३ करोड रहेको थियो। धेरै चुक्तापुँजी हुने जीवन बीमा कम्पनीहरु क्रमश: नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स , आइएमई लाइफ इन्स्योरेन्स,रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) रहेका छन् |
२. खुद नाफा: गत आर्थिक वर्षमा १२ वटा जीवन बीमा कम्पनीहरूले कुल ५ अर्ब ७ करोड नाफा कमाएका छन। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीहरुको खुद नाफा ४ अर्ब १४ करोड रहेको थियो। गत आषाढ मसान्तसम्ममा सबैभन्दा बढी खुद नाफा हिमालयन लाइफ इन्स्योरेन्सले ६३ करोड ३८ लाख नाफा कमाएको छ। धेरै नाफा कमाउने इन्स्योरेन्सहरु क्रमश: हिमालयन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स , सूर्यज्योति लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) हुन।
३. बीमा शुल्क संकलन: गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा १२ वटा बीमा कम्पनीहरुले १ खर्ब ३७ अर्ब ९३ करोड बढी बीमा शुल्क संकलन गरेको छ। सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले ४० अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। धेरै बीमा शुल्क संकलन गर्ने इन्स्योरेन्स क्रमश: नेपाल लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स , लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी, हिमालयन लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स हुन।
४. प्रति सेयर आम्दानी: गत आर्थिक वर्षको अन्त्यसम्म बीमा कम्पनीहरूको अधिकांश कम्पनीहरूको प्रति सेयर आम्दानी वृद्धि भएको छ। चौथो त्रैमासिकको वित्तीय विवरण अनुसार, सबैभन्दा धेरै प्रति सेयर आम्दानी सन नेपाल लाइफ इन्स्योरेन्सको १४ रुपैयाँ ५१ पैसा रहेको छ। त्यस्तै, सबैभन्दा कम प्रतिसेयर आम्दानी नेपाल लाइफ इन्स्योरेन्सको ६ रुपैयाँ २६ पैसा रहेको छ। धेरै प्रति सेयर आम्दानी भएको कम्पनीहरु क्रमश: सन नेपाल लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी), प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स हुन।







![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)






![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया