संसदका दुई शीर्ष ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ सहमति भएको थियो यद्यपि कांग्रेसको शेखर समूह भने गगनलाई अर्थमन्त्री बनाउन पहल गरिरहेको स्रोतको दाबी छ। यसअघिका सरकारमा शेखर समूहले बलियो मन्त्रालय पाएको छैन। यसपटक शेखर समूह प्रभावशाली मन्त्रालयमा आँखा लगाइरहेको छ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा बीच बालकोटमा भएको भेटघाटले राष्ट्रिय राजनीति तरंगित भएको थियो। सोमबार मध्यरातमा दुई राजनीतिक दलका शीर्ष नेता नयाँ सरकार बनाउने सन्देश लिएर शीतल निवासमा पुगेका थिए।
#bajarkochirfar #bazarkochirfar
















प्रतिकृया