काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाह (बालेन) कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेपछि आक्रोशित बनेका छन्। आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ का प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई नाम टिपाउन समय दिएपछि कांग्रेस र एमालेका वडा सदस्यहरुले बैठक बहिस्कार गरेर बाहिर निस्किएका थिए त्यसपछि मेयर शाह आक्रोशित बनेका हुन्।
मेयर शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै काठमाण्डौ महानगरपालिका सदस्यहरूलाई नगरसभाको बैठकमा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन आग्रह गरेका छन्। उनले फेसबुकमा लेखेका छन्,“३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।
काठमाण्डौ महानगरको कुनै पनि नीति, योजना बारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।
नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।
काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।”
#bajarkochirfar #bazarkochirfar
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया