कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेले आफूविरुद्धका समाचार दबाउन पटक पटक अनुरोध गरेको आरोप लगाएका छन् ।
आज उनले एउटा भिडियो सार्वजनिक गर्दै सहकारीको बचत रकम अपचलनबारे कान्तिपुरले लगातार समाचार लेख्न थालेपछि समाचार फलोअप नगर्न गृहमन्त्री लामिछानेले अनुरोध गरेको बताएका छन् ।
लामिछानेको अनुरोधलाई आफुहरुले नमानेकैले प्रतिशोधका आधारमा उनले आफ्ना पितासमेत रहेका ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको दाबी गरेका छन्।सिरोहियाले भने लामिछानेले रिसिबीका कारण सिरोहियालाई झुटो आरोपमा फसाएका हुन् ।
सम्भवले कान्तिपुर मिडिया ग्रुपले सत्य तथ्य कहिले पनि नलुकाउने गरेको समेत बताएका छन्।
उनको भिडियो सन्देशमा कान्तिपुरले गरेका कामको प्रचारसँगै लामिछानेका विषयमा सबै भन्दा बढी समय खर्चिएको बताए । उनले जारी गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
#bajarkochirfar
















प्रतिकृया