काठमाडौंको विभिन्न ठाउँको जग्गा मूल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १४ गते
काठमाडौंको विभिन्न ठाउँको जग्गा मूल्य कति ?

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका विभिन्न स्थानको जग्गाको सरकारी मूल्यांकन गरेको छ । महानगरपालिकाको नगरसभामा गत सोमबार प्रस्तुत भएको आर्थिक वर्ष २०८१/८२ को बजेटमा १७८ स्थानको जग्गाको सरकारी मूल्यांकन गरिएको हो ।

जसअनुसार प्रतिआना न्युनतम ४ लाख रुपैयाँदेखि ५० लाखसम्म जग्गाको मूल्य तोकिएको छ । सिंहदरबार, माइतीघर, दरबारमार्ग लगायतका क्षेत्रमा जग्गाको सरकारी मूल्य प्रतिआना ५० लाख तोकिएको छ भने सडकले नछोएको रिङरोडभन्दा बाहिरका कतिपय स्थानमा महानगरले प्रतिआना न्युनतम ४ लाखसम्म तोकेको छ ।

यसैगरी, महानगरपालिकाले मनोहरापूल, अरनिको राजमार्ग, चक्रपथ (रिङरोड) तीनकुने, गैह्रीगाउँ, सिनामंगल, तिलगंगा, गौशाला, मित्रपार्क हुँदै चावहिल मालपोत कार्यालयको सिमानासम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरुको मूल्य प्रतिआना २८ लाख रुपैयाँ तोकेको छ ।

त्यस्तै, पूतलीसडक, बागबजार, रत्नपार्क सम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरु, पूतलीसडक कूमारी बैंक चोकदेखि पूरानो बसपार्क सम्मको (शुक्रपथ) मुलबाटो, पद्मोदय मोडदेखि सभागृह चोकसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरुको मूल्य ४० लाख तोकिएको छ ।

#BajarkoChirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स