काठमाडौँ महानगरपालिकाले गुणस्तरहीन तेल उत्पादन र बिक्री गरेको आरोपमा श्रीकेश तेल उत्पादक कम्पनी (सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्री) लाई कारवाही स्वरूप २ लाख रुपैयाँ जरिवाना गरेको छ। महानगरपालिकाले तेलको गुणस्तरबारे गुनासो आएपछि असार ७ गते कम्पनीसँग विभिन्न विवरणहरू माग गरेको थियो।
निर्दिष्ट विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनले तेलको गुणस्तरमा गम्भीर त्रुटिहरू औंल्याएको छ। रिपोर्ट अनुसार, कम्पनीले तेल उत्पादनको लागि प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन) सम्बन्धी कुनै प्रमाण प्रस्तुत गर्न सकेन। साथै, उत्पादन प्रक्रियामा गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) नभएको, स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेख नभएको, र प्रयोग गरिएको कच्चा पदार्थको प्रयोगशालामा गरिएको परीक्षण प्रतिवेदन अपुरो रहेको पाइएको छ।
तेलमा उल्लेख गरिएका फाइदाहरू जस्तै कपाल नझर्ने, नयाँ कपाल उमार्ने, चायाँ रोक्ने आदि, कुनै पनि क्लिनिकल ट्रायल वा प्रयोगशाला विश्लेषणबाट पुष्टि नभएको र यसले उपभोक्तालाई भ्रममा पार्ने आशंका प्रतिवेदनमा उल्लेख गरिएको छ।
महानगरपालिकाले थप कारवाहीका लागि फाइल संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ।










![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)





![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया