प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरूलाई काठमाडौं महानगरको कार्यालय र मेयर बालेन शाहको घरअघि फोहोर थुपार्न आग्रह गरेका छन्। मेयर बालेन शाहले केही समयअगाडि सडक विभाग अगाडी फोहोर थुपारेको भन्दै उनले पनि कवाडी व्यवसायीलाई महानगर र मेयरको घरअगाडि फोहोर थुपार्न आग्रह गरेका हुन्।
बुधबार प्रतिनिधि सभामा बोल्दै उनले भने ‘बालेनजी, यहीँको मेयरले सिकाएको छ, काम भएन भने त्यही फोहोर थुपार्ने हो। उहाँले नै सडक विभागअघि फोहोर थुपारेको छ,’ तमाम कवाडी संघलाई आग्रह गर्न चाहन्छु- सबै फोहोर महानगरपालिका र बालेन शाहको घरअगाडि थुपारौं, त्यसका लागि हामी साथमा छौं।’ उनले थपे ‘अस्ति भर्खर सडक विभागअगाडि उहाँले दुई टिपर फोहोर थुपार्नुभएको थियो,’ उनले भने, ‘जस्तालाई तस्तै गर्ने हो।’
काठमाडौं महानगरपालिकाले आफूहरूको टहरामा डोजर चलाएको भन्दै कवाड व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया