कर्मचारीले जुन पार्टीप्रति आस्था राख्न भएता पनि सरकारले दिएका निर्देशन मानुपर्ने: शेरबहादुर देउवा

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १९ गते
कर्मचारीले जुन पार्टीप्रति आस्था राख्न भएता पनि सरकारले दिएका निर्देशन मानुपर्ने: शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीको जुन पार्टीप्रति आस्था राख्ने भएतापनि सरकारले दिएको निर्देशन पालन गर्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस अवसरमा  ‘कर्मचारी’ पुस्तक विमोचन  कार्यक्रममा सम्बोधन गर्दै,  कर्मचारीले जुन पार्टीप्रति आस्था राख्न  भएता पनि सरकारले दिएका निर्देशनहरू मानुपर्ने बताएका हुन् ।

उनले भने, ‘हिजो को कुन पार्टीमा थियो आज कुन पार्टीमा छ भन्ने कुरा होइन। कोइ कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला। जुन पार्टीप्रति आस्था राख्ने भएपनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ। कर्मचारीले असहयोग गर्यो भने सरकारले गर्नुपर्ने काम हुँदैन।’

देउवाले यस अवसरमा निर्वाचित सरकारले बनाएका नीति र नियमहरूको कार्यान्वयन निजामती कर्मचारीहरूको जिम्मेवारी भएको उल्लेख गरे। उनले भने, निजामती  कर्मचारीलाई स्थायी सरकारका रुपमा लिइन्छ। निर्वाचित सरकार अस्थायी सरकार र निजामती कर्मचारी स्थायी सरकार गरि दुईवटा सरकारका रुपमा लिइएको छ। निजामती कर्मचारीहरू अवकाश नहुञ्जेलसम्म रहिरहन्छ भने निर्वाचित सरकार निश्चित समयपछि फेरिन्छ। जित्यो भने रहने हार्यो भने जाने। नीति नियमहरू एकीकृत निर्वाचित सरकारले बनाउने हो। त्यसको कार्यान्वयन गर्ने काम निजामती कर्मचारीहरूको हो।’  साथै, उनले निर्वाचित सरकार र निजामती कर्मचारीहरूबीच सहकार्य र समन्वयको आवश्यकतालाई पनि जोड दिए।

 

 

twitter sharing button

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स