‘इट्स माइ शो’का पूर्वप्रस्तोता सुरज सिंह ठकुरीद्वारा पछिल्लो एपिसोडबारे आपत्ति व्यक्त

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १२ गते
‘इट्स माइ शो’का पूर्वप्रस्तोता सुरज सिंह ठकुरीद्वारा पछिल्लो एपिसोडबारे आपत्ति व्यक्त

कान्तिपुर टेलिभिजनमा प्रसारण हुने ‘इट्स माइ शो’का पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले पछिल्लो एपिसोडबारे आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले पछिल्लो कार्यक्रमले आफूले यो कार्यक्रमका लागि निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भएको बताएका छन् र उनले कान्तिपुर टिभी र इट्स माइ शोसँग हाल आफ्नो कुनै संलग्नता नरहेको पनि बताएका छन् ।

सुरज बताउछन् , ‘भर्खरै कान्तिपुर टिभीमा सुरज सिंह ठकुरीसँग इट्स माइ शोको सम्बन्धलाई लिएर केही अन्योल भएको छ । म स्पष्ट गर्न चाहन्छु- म अब कुनै पनि हैसियतमा शोमा आबद्ध छैन, या त होस्ट वा प्रमुख कार्यकारी निर्माताको रूपमा ।’

सुरजले वर्षौंदेखि दर्शकहरुले देखाएको माया र साथका लागि आभार व्यक्त गरेका छन् । आफ्नो करिअरमा दर्शकको प्रोत्साहन प्रमुख शक्ति भएको भन्दै उनले रमाइलोका साथै गर्व गर्न लायक सामग्री ल्याउने प्रतिबद्धता पनि जनाएका छन् ।

‘म यति मात्र भन्न चाहन्छु, मेरो २३ वर्षको समर्पण, इमान्दारी र मेरो ब्रान्डप्रतिको बफादारी ध्वस्त भएको छ । एक टेलिभिजनकर्मीको रुपमा म दु:खी छु’, उनले लेखेका छन् ।

#bajarkochirfar #bazarkochirfar

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स