instainsta

अमरेशकुमार सिंहको आरोप अर्थमन्त्री पुनले व्यापारीको स्वार्थमा बजेट बनाए

अमरेशकुमार सिंहको आरोप अर्थमन्त्री पुनले व्यापारीको स्वार्थमा बजेट बनाए
AdvertisementAds

प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका बजेट केही व्यापारीहरुको स्वार्थमा बनाएको आरोप लगाएका छन् ।

डा. सिंहले प्रतिनिधि सभामा बोल्दै माआवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले अर्थमन्त्री पुनले सो पार्टीका जित्ने निर्वाचन क्षेत्रमा मात्रै सरकारले बजेट विनियोजन गरेको धारणा व्यक्त गरे।

उनले भने, ‘ नियम, कानून मन्त्रीलाई लाग्दैन । उनले जति बजेट आफ्नो क्षेत्रमा लगेपनि, जे गरेपनि, जति घुस खाएपनि क्षम्य छ । यो बजेट केही व्यापारीले बनाएको छ अर्थमन्त्रीजीको इन्टेरेष्टमा ।’ उनले बजेट जसरी विनियोजन गरेपनि मन्त्रीहरुलाई कानून नलाग्ने छुट संविधानले नै दिएको दाबी समेत गरे ।

उनले थपे ‘यो बजेट माओवादी पार्टीको सिंगल ३२ जना सांसदको लागि मात्रै बनेको छ । यो २७५ जनाको यो बजट बन्छ बन्नु दिवास्वप्न हो । किनकी माओवादी पार्टी समाप्त हुने अन्तिम संघारमा छ । त्यसो भएपछि आफ्नो पार्टीले जित्न सक्ने ठाउँमा मात्रै बजेट खन्याएको छ । हामी जस्ता निर्धा सांसदलाई उहाँहरुले देख्नु हुन्न ।’

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स