ट्रम्पलाई समर्थन गरेर व्यापारिक फाइदा लिन खोज्दै टोयोटा र फोर्ड, टेस्लालाई जस्तै फाइदा होला?

ट्रम्पलाई समर्थन गरेर व्यापारिक फाइदा लिन खोज्दै टोयोटा र फोर्ड, टेस्लालाई जस्तै फाइदा होला?

टोयोटा, जनरल मोटर्स र फोर्डले डोनाल्ड ट्रम्पको उद्घाटन समारोहका लागि १ मिलियन डलर दिने घोषणा गरेका छन्। यी कम्पनीहरुले ट्रम्पको सपथ ग्रहण कार्यक्रमलाई सहयोग गर्नुको सट्टा ट्रम्पसँग राम्रो सम्बन्ध बनाएर व्यापारिक फाइदा जोगाउन खोजेको आँकलन गरिएको छ।

डोनाल्ड ट्रम्पले विदेशी सामानमा कर लगाउने योजना अघि सारेका छन्। यदि यो योजना लागू भयो भने गाडी उत्पादक कम्पनीहरूको नाफामा ठूलो गिरावट आउनेछ। एस&पी ग्लोबलको प्रतिवेदनअनुसार, कम्पनीहरूको नाफा १७ प्रतिशतसम्म कम हुन सक्छ। यसैले, टोयोटा र फोर्डजस्ता कम्पनीहरू ट्रम्पसँग सम्बन्ध सुधार गरेर आफ्नो व्यापार सुरक्षित गर्न खोजिरहेका छन्।

ट्रम्पलाई निर्वाचनमा खुलेरै समर्थन गरेका मस्कको कम्पनी टेस्लाको सेयरमा सकारात्मक प्रभाव परेको छ। ट्रम्पले जित्ने निश्चित देखिएपछि नोभेम्बर ५ मा २४५ डलर रहेको टेस्लाको सेयर मूल्य अहिले ४५३ डलर पुगेको छ। मस्कको ट्रम्प सँगको राम्रो सम्बन्धका कारण लगानीकर्ताहरूले टेस्ला प्रति विश्वास गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स