नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०८२/८३ सार्वजनिक गर्दै नीतिगत दरसहित ब्याजदर कोरिडोरका सबै दरहरू घटाएपछि, देशका वाणिज्य बैंकहरूले पनि निक्षेपको ब्याजदर क्रमशः घटाउन थालेका छन्। बैंकहरूले साउन महिनाका लागि प्रकाशन गरिएको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले बचत र मुद्दति निक्षेपमा दिने ब्याज घटाएका छन्।
देशभरका २० वाणिज्य बैंकहरूमध्ये १४ वटाले निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका छन्, भने ४ वटाले ब्याजदर यथावत् राखेका छन्। बाँकी दुई बैंक – स्ट्यान्डर्ड चार्टर्ड र हिमालयन बैंकले भने ब्याजदर केही वृद्धि गरेका छन्। माछापुच्छ्रे, ग्लोबल आईएमई, एनएमबि र सिद्धार्थ बैंकले भने यस पटक निक्षेप ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
हाल प्रकाशित ब्याजदरहरूमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा बढी ब्याज प्रदान गर्ने भएको छ भने प्रभु बैंकले सबैभन्दा कम ब्याज दिनेछ। राष्ट्र बैंकले बैंक दर ६.५ प्रतिशतबाट घटाएर ६, नीतिगत दर ५ बाट घटाएर ४.५, र निक्षेप संकलन दर ३ बाट घटाएर २.७५ प्रतिशतमा झारेपछि, बैंकहरूले न्यूनतम बचत ब्याजदर पनि सोही अनुपातमा घटाएका हुन्।











![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)




![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया