सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले जनाएको अनुसार, यसअघि गत भदौ ८ गते संस्थापक सेयरधनीका लागि १५ दिने सूचना जारी गरिएको थियो तर आवेदन नपरेकाले अब ती सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो। इच्छुक लगानीकर्ताले खरिद गर्न चाहेको दर र सेयर संख्या उल्लेख गरी आवश्यक कागजातसहित, सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाडौँको टंगालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा आवेदन दिन सक्नेछन्।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया