अमेरिकाले भन्यो: अन्तरिम सरकारसँग हामी सहकार्य गर्न तयार छौं

अमेरिकाले भन्यो: अन्तरिम सरकारसँग हामी सहकार्य गर्न तयार छौं

अमेरिकाले नेपालमा अन्तरिम सरकारद्वारा घोषणा गरिएको आम निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै उक्त प्रतिबद्धता व्यक्त गरेको हो। विज्ञप्तिमा अन्तरिम सरकारकी प्रधानमन्त्रीमा नियुक्त पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिँदै आन्दोलनमार्फत यो अवस्थामा पुर्‍याएका युवाहरू र सरकार गठनमा सहजीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेलप्रति प्रशंसा गरिएको छ।

“यो दुःखद समयमा हामी नेपालसँग शोकमा छौँ,” विज्ञप्तिमा भनिएको छ, “नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देलले संक्रमणलाई सहज बनाउन र शान्तिपूर्ण नागरिक सरकार पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा हामी सम्मान गर्दछौँ।”

अमेरिकाले अन्तरिम सरकारले अघि बढाएको नयाँ निर्वाचन प्रक्रियामा आफूले सहकार्य गर्ने स्पष्ट गरेको छ। विज्ञप्तिमा भनिएको छ, “आगामी महिनाहरूमा हुने निर्वाचनतर्फ अघि बढ्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौँ।”

548195842 1214034274087180 6784095994981965698 n https://bajarkochirfar.com/us-says-we-are-ready-to-cooperate-with-the-interim-government | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स