दुई दिनको वार्तापछि अमेरिका र चीनबीच व्यापार सम्झौता सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २९ गते
दुई दिनको वार्तापछि अमेरिका र चीनबीच व्यापार सम्झौता सम्पन्न

जेनेभामा दुई दिनको वार्तापछि अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ। अमेरिकी अधिकारीहरूले यसलाई महत्वपूर्ण प्रगति भनेका छन्। अमेरिकी वित्तमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रिर सहभागी वार्तामा सहमति चाँडै भएको जनाइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहमतिबारे जानकारी दिइसकिएको छ भने विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ। विगतमा शुल्क र करका कारण तनावमा रहेका दुई देशबीचको यो सहमति व्यापार घाटा न्यूनीकरणतर्फ सहयोगी हुने विश्वास गरिएको छ।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स