दुई कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने, बोर्डमा दिए आवेदन

दुई कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने, बोर्डमा दिए आवेदन

दुई हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र अरुण काबेली पावर कम्पनी लिमिटेडले सेबोनमा आवेदन दिएका हुन्।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपात अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति मागेको छ।

त्यसैगरी, अरुण काबेली पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको अनुपात २:१ अर्थात् ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो।

धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि दुवै कम्पनीले हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाउनेछन्।

Screenshot 7 6 2026 151254 sebon.gov .np https://bajarkochirfar.com/two-companies-to-issue-rights-shares-submit-applications-to-board | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स