अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई अमेरिका विरुद्ध लगाएको ३४ प्रतिशत प्रतिकर शुल्क फिर्ता लिन चेतावनी दिएका छन्। उनले उक्त शुल्क नहटाए थप ५० प्रतिशत आयात शुल्क लगाइने बताएका हुन्।
बीबीसीका अनुसार, ट्रम्पले चीनलाई सामाजिक सञ्जालमार्फत मंगलबारसम्मको समय दिएका छन्। यदि चीनले प्रतिकर फिर्ता लिएको छैन भने अमेरिका थप शुल्क लगाउने छ।
गत आइतबार चीनले ट्रम्पको अघिल्लो साता घोषणा गरिएको अमेरिकी ट्यारिफको जवाफस्वरूप ३४ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेको थियो। ट्रम्पले हालै अमेरिका आफ्ना व्यापार साझेदारहरूलाई न्यूनतम १० प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका थिए।
चीनको वाणिज्य मन्त्रालयले ट्रम्प प्रशासनको निर्णयलाई “गल्तीमाथि गल्ती” भएको भन्दै आलोचना गरेको छ। यता ट्रम्पले ग्लोबल ट्यारिफ फिर्ता नहुने स्पष्ट संकेत पनि दिएका छन्।
















प्रतिकृया