भोलि भदौ १९ गते बुङ्गल हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १८ गते
भोलि भदौ १९ गते बुङ्गल हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन

बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारण लागि भदौ १६ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने भोलि भदौ १९ गते अन्तिम दिन रहेको छ।  कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा  १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख १ हजार ५०० कित्ता आईपीओ निष्काशन गरेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आईपीओलाई केयर रेटिङ नेपालले केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स