माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओमा आवेदन दिने आज (वैशाख २३ गते) अन्तिम दिन हो।
कम्पनीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वैशाख १७ गतेदेखि १ लाख ७२ हजार कित्ता सेयर निष्काशन गरेको हो। यस समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
यस आईपीओको बिक्री प्रबन्धकको जिम्मा एनआईएमबि एस क्यापिटलले लिएको छ।
नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।



















प्रतिकृया