सिद्धार्थ बैंकका यी ब्रान्चहरु मर्ज हुँदै, कुन कहाँ गाभिने ?

सिद्धार्थ बैंकका यी ब्रान्चहरु मर्ज हुँदै, कुन कहाँ गाभिने ?

सिद्धार्थ बैंक लिमिटेडले काठमाडौं, ललितपुर र पोखरास्थित सात वटा शाखा कार्यालय समायोजन गर्ने भएको छ। बैंकले समायोजनपछि साउन १ गतेदेखि सम्बन्धित शाखाबाट एकीकृत बैंकिङ सेवा सञ्चालन गर्ने जनाएको छ।

बैंकका अनुसार काठमाडौंको कालोपुल शाखा चाबहिल शाखामा, कुलेश्वर शाखा कालिमाटी शाखामा तथा नरदेवी शाखा पुतलीसडक शाखामा समायोजन गरिनेछ।

यस्तै, ललितपुरको जावलाखेल शाखा बी एण्ड बी शाखामा गाभिनेछ।

पोखरामा भने चिप्लेढुंगा र बुद्धचोक शाखालाई पोखरा सभागृहस्थित शाखामा तथा बगर शाखालाई पर्स्याङस्थित शाखामा समायोजन गरिने बैंकले जनाएको छ।

समायोजनपछि साउन १ गतेदेखि सबै बैंकिङ कारोबार सम्बन्धित गाभिएका शाखाबाट सञ्चालन हुनेछ।

बैंकले लकर सेवा पनि सम्बन्धित शाखामा स्थानान्तरण हुने जानकारी दिँदै लकरमा रहेका टुटफुट हुन सक्ने सामग्री असार २६ गतेभित्र निकाल्न ग्राहकलाई अनुरोध गरेको छ।

siddhartha bank branch mergers notice 1783063378710 https://bajarkochirfar.com/these-branches-of-siddhartha-bank-are-merging-which-one-will-be-merged-with-which | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स