दक्षिण कोरियामा एउटा डीयोर ब्यागको विवादले यतिबेला देशको राजनीति हल्लाएको छ। यो विवादले दक्षिण कोरियाली सरकारको स्थिरता र जनताको विश्वासलाई कमजोर बनाउने कारक बनेको छ।
यो घटना २०२२ मा सुरु भएको थियो, त्यसबेला राष्ट्रपति युनकी पत्नी किम गोन हिले ३ मिलियन वन (त्यतिबेलाको हिसाबले २,२५० अमेरिकी डलर) मूल्यको डीयोर ब्याग उपहारमा लिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोलाई पादरी चोइ जाए-योङले खिचेका थिय। उनले आफ्नो घडीमा जडित गोप्य क्यामेरा प्रयोग गरेर उक्त भिडियो लिएका थिए। भिडियोमा अन्तराष्ट्रिय सञ्चार माध्यमले राष्ट्रपति पत्नी किम गोन हिले उपहार लिनु अघि असन्तुष्टि जनाउँदै “यस्ता महँगो सामान किन ल्याउनुहुन्छ?” भनेर भनेको देखिएको उल्लेख गरेका छन्।
सुरुमा यो घटना त्यति चर्चामा आएको थिएन, तर २०२३ को नोभेम्बरमा एक वेबसाइटमा सो भिडियो रिलिज भएपछि भने विवादले राष्ट्रिय रुप लियो। विपक्षी दलहरूले डीयोर ब्याग लिएको घटनालाई भ्रष्टाचारको उदाहरणको रूपमा प्रस्तुत गरे घुसको संज्ञा दिए। उनीहरूले यो घटना सरकारी नियमको उल्लङ्घन भएको दाबी गरे। दक्षिण कोरियामा सरकारी अधिकारी र तिनका परिवारले ७५० अमेरिकी डलरभन्दा बढी मूल्यको उपहार लिन नपाउने कानुनी व्यवस्था छ।
भिडियो सार्वजनिक भएपछि जनताहरु आक्रोशित भए। यो घटनाले जनताहरूलाई यस अघि भएका भ्रष्टाचार काण्डहरूको झझल्को दिएको थियो। राष्ट्रपति युनका आलोचक भनेर चिनिने पादरी चोइले यो भिडियो खिचेर सार्वजनिक गरेपछि यसले युन सरकारप्रतिको विश्वास झन् कमजोर बनायो।
यो विवादले झन् चर्को रूप लिएपछि राष्ट्रपति पत्नी किम गोन हिलाई २०२४ को जुलाईमा १२ घण्टासम्म सोधपुछ भयो। उनले अनुसन्धानका क्रममा ब्याग तुरुन्तै फिर्ता गर्ने योजना बनाएको तर पछि भुलवश नगरेको बताइन्। उनलाई कुनै आपराधिक आरोप लगाउने आधार फेला भने पारेनन् । तर, यो घटनाले राष्ट्रपति युन र उनकी पत्नीको नैतिक छविमा ठूलो असर गर्यो।
सुरुमा राष्ट्रपति युनले यो घटनालाई राजनीतिक षड्यन्त्र भन्दै पन्छाउन खोजे। तर, जनताको चर्को आलोचनापछि उनले मे महिनामा सार्वजनिक रूपमा माफी माग्दै पत्नीको निर्णयलाई “गलत” भने। तर यो माफीले पनि जनताको आक्रोशलाई साम्य पार्न सकेन।
डीयोर ब्याग विवादले राष्ट्रपति युनको नेतृत्वलाई थप कमजोर बनायो। यो विवाद उनका अगाडि ठूलो कमजोरीको रूपमा खडा भयो। त्यही क्रममा उनले देशमा मार्शल ल (सैनिक शासन) नियम लागू गरे, जसले जनताबीच ठूलो विरोध र संसदमा आलोचना निम्त्यायो। यो नियम संसदले उल्ट्याएपछि विपक्षी दलहरूले युनविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाएका छन।
एजेन्सीहरुको सहयोगमा


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया