नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने होटल समूहका कम्पनीहरूको पहिलो कारोबार ‘न्यून मूल्य’ बाट सुरु हुने ऐतिहासिक लयले निरन्तरता पाएको छ। बिहीबारदेखि दोस्रो बजारमा आएको होटल फरेस्ट इन को पहिलो कारोबार पनि नेप्सेले तोकेको ओपनिङ रेन्जको तल्लो विन्दु नजिकैबाट सुरु भएको छ।
होटल कम्पनीहरूको पहिलो कारोबार ओपनिङ रेञ्जको न्यूनतम आसपासबाटै कारोबार सुरु हुने गरेको देखिन्छ। यसअघि २०८० सालमा सूचीकृत सिटी होटल को कारोबार पनि न्यूनतम रेन्ज आसपासबाटै सुरु भएको नजिर छ। सिटी होटलको सेयर स्पेशल प्रि–ओपन सेसनमा प्रतिकित्ता १११ रुपैयाँ १० पैसामा खुला भएको थियो। नेप्सेले उक्त कम्पनीका लागि पहिलो कारोबारको मूल्य दायरा ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ ४९ पैसासम्म तोकेको थियो।
होटल फरेस्ट इनको ओपनिङ रेञ्जका लागि नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९० रुपैयाँ ६५ पैसादेखि २७१ रुपैयाँ ९५ पैसासम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको थियो। सोही रेञ्जभित्र कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०१ रुपैयाँ ७० पैसामा भएको हो।कारोबार सुरु भएपछि कम्पनीको सेयर मूल्य बढ्दै बिहीबार कारोबार अवधिसम्म ९.९९ प्रतिशतले वृद्धि भई प्रतिकित्ता १२२ रुपैयाँ २० पैसासम्म पुगेको छ।
सामान्यतया होटल कम्पनीहरूको प्रारम्भिक नेटवर्थ तुलनात्मक रूपमा कम हुने भएकाले सेयर मूल्य पनि सुरुवातमा सस्तो देखिने गर्छ। तर व्यवसाय विस्तार र आम्दानी वृद्धि हुँदै जाँदा मूल्य बढ्ने सम्भावना रहन्छ। हाल नेप्सेमा सूचीकृत लगभग सबै होटल कम्पनीहरूको सेयर मूल्य ५०० रुपैयाँभन्दा माथि कारोबार भइरहेको देखिन्छ।








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया