नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल एस०७ को नयाँ भेरियन्ट ‘आइसिए ’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कम्पनीले यो इन्टेलिजेन्ट इलेक्ट्रिक एसयुभी आगामी साता भव्य समारोहबीच नेपाली बजारमा प्रस्तुत गर्ने योजना बनाएको छ। चीनको दोस्रो ठूलो अटोमोबाइल समूहले निर्माण गर्ने दिपल एस०७ आइसिएमा १० भन्दा बढी इन्टेलिजेन्ट फस्ट इन इन्डस्ट्री फिचरहरू, फ्युचरिस्टिक डिजाइन, र कनेक्टिभिटी टेक्नोलोजी समावेश गरिएका छन्।
यस नयाँ भेरियन्टमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, आउटडोर स्पिकर, हेडरेस्ट, २० इन्चको टायर र १२५ लिटरको फ्रंक जस्ता अत्याधुनिक फिचरहरू समावेश गरिएको छ। साथै, यसमा नयाँ एलएफपी ब्याट्री केमेस्ट्रि प्रयोग गरिएको छ, जसले प्रदर्शन र सुरक्षामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ। दिपल एस०७ ले नेपालमा सार्वजनिक भएको १८ महिनामै ९ सयभन्दा बढी युनिट बिक्री गरिसकेको छ। उत्कृष्ट डिजाइन, सम्झौता नगरिएको ड्राइभिङ अनुभव र इनोभेटिभ प्रविधिका कारण दिपल अहिले नेपालकै नं. १ लक्जरी इभी ब्रान्डको रूपमा स्थापित भइसकेको छ।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया