राजस्वको मुख्य स्रोत पूँजीगत लाभकर हो, त्यसैले पूँजी बजारलाई प्राथमिकता दिइयोस्: अम्बिका देवी संग्रौला

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ५ गते
राजस्वको मुख्य स्रोत पूँजीगत लाभकर हो, त्यसैले पूँजी बजारलाई प्राथमिकता दिइयोस्: अम्बिका देवी संग्रौला

नेपाल स्टक एक्सचेञ्ज सुधारको विषय उठाउँदै सांसद अम्बिका देवी संग्रौलाले विनियोजन विधेयकमाथिको छलफलमा पूँजी बजार सुधारका लागि ठोस कदम आवश्यक रहेको बताएकी छन्।

उनले निजी क्षेत्रको मनोबल बढाउने र अवरोध हटाउने विषय स्वागतयोग्य भए पनि विधेयकमा पूँजी बजार सुधारसम्बन्धी स्पष्ट योजना नदेखिएको उल्लेख गरिन्। राज्यको राजस्वको प्रमुख स्रोत मध्ये एक पूँजीगत लाभकर भएकाले पूँजी बजारलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

सांसद संग्रौलाले भारतको एसएन्डपी ५०० इन्डेक्स फन्डजस्तै नेपालमा पनि पूँजी बजारमा लगानी गर्ने विशेष कोष स्थापना गर्न सुझाव दिएकी छन्। यस्तो कोषलाई डायस्पोरा नेपाली तथा देशभर रहेका करिब ७५ लाख डिम्याट होल्डरसँग समन्वय गरेर सञ्चालन गर्न सके अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

यसअघि पनि नेप्से इन्डेक्स फन्डजस्ता योजनाहरू कागजमै सीमित भएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको विनियोजन विधेयकमार्फत यस विषयलाई व्यवहारिक रूपमा अगाडि बढाउन सरकारसँग माग गरिन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स