सरकारले कुलमान घिसिङलाई पदबाट हटायो



Advertisement
Ads

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

घिसिङ २०७८ साउन २५ गते दोस्रो पटक कार्यकारी निर्देशक नियुक्त भएका थिए। चार वर्षीय उनको कार्यकाल आउँदो साउन २४ गते सकिनुपर्ने थियो। तर, कार्यकाल समाप्त हुन चार महिना बाँकी रहँदै सरकारले उनलाई हटाउने निर्णय गरेको हो।


Advertisement

उनी डेडिकेटेड र ट्रंकलाइन मुद्दाका कारण विवादमा परेका थिए। यसअघि ऊर्जामन्त्री दीपक खड्काले उनलाई कारबाही गर्न प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए, जसपछि सरकारले घिसिङलाई हटाएको हो। सरकारलाई नटेरेको आरोपसमेत लगाउँदै उनलाई पदमुक्त गरिएको बताइएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर