परान हेर्न दर्शकको उत्साह कायमै, अहिलेसम्मको कमाई कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १५ गते
परान हेर्न दर्शकको उत्साह कायमै, अहिलेसम्मको कमाई कति पुग्यो ?

नेपाली बक्स अफिसमा चलचित्र परानले दर्शकलाई आकर्षित गर्ने क्रम जारी राखेको छ। चलचित्र विकास बोर्डले मङ्सिर १३ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार परानले अहिलेसम्म १६ करोड १६ लाख ७७ हजार ५५८ ग्रस कमाई गरेको छ। यस अवधिमा परानले ५ लाख ६९ हजार ७५४ टिकट बेचेको छ।

त्यसैगरी जेरी अन टपले हालसम्म १२ करोड २३ लाख ५२ हजार ३१५ ग्रस कमाई गरेको छ भने ३ लाख ९० हजार ९०४ टिकट बिक्री भएको छ।चलचित्र जारी–२ले पनि व्यापारमा राम्रो प्रदर्शन गर्दै ६ करोड १९ लाख ३५ हजार ८५३ ग्रस कमाई गरेको छ र २ लाख ६ हजार २३९ टिकट बिक्री भएको छ।

सोही अवधिमा एकसाथ रिलिज भएको मन बिनाको धनले ३ करोड ७४ लाख ९१ हजार ४६१ ग्रस कमाई गर्दै १ लाख ४३ हजार ३३५ टिकट बिक्री गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स