ट्रम्पको धम्कीपछि टेस्लाको सेयर मूल्यमा भारी गिरावट 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २३ गते
ट्रम्पको धम्कीपछि टेस्लाको सेयर मूल्यमा भारी गिरावट 

डोनाल्ड ट्रम्प र एलोन मस्कबीचको विवादले टेस्ला कम्पनीको सेयरमा ठूलो असर पारेको छ। बिहीबार टेस्लाको सेयर १४% ले घट्दा कम्पनीको बजार मूल्य करिब १५० अर्ब डलरले घटेको छ।

विज्ञहरूका अनुसार यो टेस्लाका लागि केही महिनाभित्रको सबैभन्दा खराब दिन हो। ट्रम्पले मस्कका कम्पनीहरूलाई दिइएको सरकारी ठेक्का रद्द गर्ने धम्की दिएका छन् भने मस्कले जवाफमा “मलाई वास्ता छैन” भनेका छन्।

सुरुमा नीतिगत मतभेदबाट सुरु भएको विवाद अहिले व्यक्तिगत आक्रमणसम्म पुगेको छ र सरकारसँगको द्वन्द्व बढेमा मस्कलाई ठूलो क्षति हुनसक्ने विज्ञहरूको चेतावनी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स