स्वस्तिक लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुदैँ, कति जनाले सेयर हात पार्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १५ गते
स्वस्तिक लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुदैँ, कति जनाले सेयर हात पार्ने ?

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ भोलि शुक्रबार (साउन १६ गते) बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका अनुसार साउन १३ गते प्रि-अलोटमेन्ट सम्पन्न भइसकेको हो।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई  २३,१०० कित्ता शेयर निष्काशन गरेको थियो। असार २७ गतेदेखि साउन ९ गतेसम्म खुला गरिएको यस आईपीओमा ६७,३२९ जना आवेदकबाट १० लाख ३७ हजार कित्ताभन्दा बढीको आवेदन परेको थियो।तर, तीमध्ये ४ आवेदन रद्द गरिएको छ। अब बाँकी आवेदकमध्ये गोलाप्रथाबाट २ हजार ३१० जनाले १० कित्ताका दरले सेयर पाउने छन्। यो बाँडफाँडपछि कम्पनीले सर्वसाधारणका लागि दोस्रो चरणको आईपीओ ल्याउने तयारी गरिरहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स