instainsta

सर्वसाधारणका लागि सोलु हाईड्रोपावरको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइने ?

सर्वसाधारणका लागि सोलु हाईड्रोपावरको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइने ?
AdvertisementAds

सोलु हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आज पुस २९ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले कुल ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको हो। आईपीओको मूल्य प्रति सेयर रु. १०० तोकिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। यो आईपीओ छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते बन्द हुनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओ बिहान १० बजे पछि भर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स