शिवम् सिमेन्टले तिर्यो विद्युत् महसुलको पहिलो किस्ता, लाइन पुनः जोडियो

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २५ गते
शिवम् सिमेन्टले तिर्यो विद्युत् महसुलको पहिलो किस्ता, लाइन पुनः जोडियो
AdvertisementAds

मकवानपुरको हेटौंडामा अवस्थित शिवम् सिमेन्टले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंकलाइनमार्फत उपभोग गरेको विद्युतको प्रिमियम महसुल तिर्न सुरु गरेको छ। कम्पनीले सोमबारदेखि उक्त बक्यौता रकम किस्ताबन्दीमा बुझाउन थालेको हो।

नेपाल विद्युत प्राधिकरणका अनुसार पहिलो किस्ता बुझाएपछि ४ कात्तिकमा विच्छेद गरिएको विद्युत लाइन सोमबार पुनः जडान गरिएको छ।

शिवम् सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिका लागि बक्यौता प्रिमियम महसुलको पहिलो किस्ता तिरेको हो। कुल ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता रहेका कम्पनीले उक्त रकमलाई २८ किस्तामा विभाजन गरेको छ, जसअन्तर्गत पहिलो किस्ताका रूपमा २ करोड ३८ लाख रुपैयाँ बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स