ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ, २७४ सांसदलाई शपथ खुवाउने बाटो खुल्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ११ गते
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ, २७४ सांसदलाई शपथ खुवाउने बाटो खुल्यो

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा केसी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए। उनी हाल ७८ वर्षका छन्।

केसीले राष्ट्रपतिबाट शपथ लिएपछि चैत १२ गते विहीबार प्रतिनिधि सभाका बाँकी २७४ सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। सभामुख निर्वाचित नभएसम्म उनी प्रतिनिधि सभा बैठकको अध्यक्षता पनि गर्नेछन्। प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना सदस्य निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स