रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार कमल भुसाल (निकोलस भुसाल) ले आफ्नो चुनावी घोषणापत्रको प्रारम्भिक खाका सार्वजनिक गरेका छन्।
भुसालले आफ्नो घोषणापत्रमा अबको ८ वर्षमा अर्थात् २०९० सालसम्म नेपाललाई “स्वर्गको नमूना” बनाउने योजना प्रस्तुत गरेका छन्। उनले पृथ्वीलाई पनि २१०० सम्म स्वर्गको रुपमा चिनाउने लक्ष्य राखेका छन्।
यस्तो छ भुसालले सामाजिक सञ्जालमा लेखेको अनुरोध :
सुझाव–सल्लाहका लागि विनम्र अनुरोध,
अहिले हामी घोषणापत्र लेखनमा छौं ।
हाम्रो उद्देश्य
हरित स्वर्ग : २०९० सम्म नेपाललाई र २१०० सम्म पृथ्वीलाई स्वर्ग बनाउने तथा स्वर्ग हो भनेर चिनाउने।
लक्ष्य :
१ महिनाभित्र सम्पूर्ण Gen Z का माग पूरा गर्ने।
३ महिनाभित्र सहकारी, लघुवित्त र मीटरब्याज पीडितको पैसा फिर्ता गर्ने।
१ वर्षमा शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा, पानी र बिजुली पूर्ण रूपमा निःशुल्क गर्ने।
३ वर्षमा सबै नेपालीलाई रोजगारी दिई देशको ऋण तिर्ने।
५ वर्षमा ३,००० खर्बको अर्थतन्त्र निर्माण गरी सबै नेपालीलाई करोडपति बनाउने।
८ वर्षमा (२०९० सम्म) नेपाललाई स्वर्गको एउटा नमुना बनाउने।
Vision 2100 अन्तर्गत विश्व शान्ति संगठनमार्फत पृथ्वीलाई स्वर्ग बनाउने।
नीतिगत अवधारणा :
वैदिक सनातन हिन्दू, बौद्ध र किरात राष्ट्र नेपाल।
प्रदेश सभा र मन्त्री पद खारेज।
नेपालको उत्पादन देश तथा विदेशमा पुर्याउने।
शिक्षा र स्वास्थ्य पूर्ण रूपमा सरकारको जिम्मेवारी।
नेपालको खानी, पानी, जल, जंगल र जडीबुटीलाई वैधानिक रूपमा उपयोग गरी आर्थिक क्रान्ति गर्ने।
हाम्रो सिद्धान्तहरू :
राष्ट्रियता
एकता
मानवता
सहकार्य
सहयात्रा
आत्मनिर्भरता
स्वाभिमान
हाम्रा कार्यक्रमहरू
सामाजिक विकासतर्फ
स्वस्थ नेपाल, खुशी नेपाली, निरोगी नेपाल महाअभियान – तपोभूमि नेपाल
शिक्षित नेपाल, विकसित नेपाल – ज्ञानभूमि नेपाल
हप्ताको एक दिन राष्ट्रका लागि श्रमदान अभियान
सफा नेपाल, हरियाली नेपाल – फोहोरबाट मोहोर, फोहोरमुक्त नेपाल
खेल राष्ट्रका लागि, स्वास्थ्यका लागि खेल
कला एकताका लागि, कला शान्तिका लागि
भोकालाई भोजन, प्यासीलाइ पानी र रोगीलाई उपचार
न्याय नपाए गोर्खा जानू – सुशासनयुक्त नेपाल
सबैलाई बराबर सम्मान, सबैलाई समान अधिकार – सकारात्मक सोच र राष्ट्रिय एकता नै विकासका आधार
हामी सक्षम छौँ – अपाङ्गता भएका व्यक्तिहरूका लागि
१ प्रदेश १ रंगशाला
आर्थिक विकासतर्फ
आत्मनिर्भर नेपाल महाअभियान – देशको खाऔँ, देशकै लगाऔँ, देशमै रमाऔँ।
स्वर्गको पहिचान नेपाल – १०८ पर्यटकीय गन्तव्य विकास गरी देशलाई स्वर्गको बगैँचाजस्तै सजाउने। १ वर्षमा १ करोड पर्यटक नेपाल भित्र्याउने।
जल, जंगल, जमिन, जडीबुटी, जलस्रोत र जनशक्तिको सदुपयोग गरी हरेक नेपालीलाई करोडपति बनाउने।
उत्पादन, ऊर्जा, व्यापार, उद्योगी–मजदुरलगायत सबैको सम्पूर्ण जिम्मेवारी सरकारले लिई आवश्यक सेवा–सुविधा प्रदान गर्ने।
Remittance Based Economy लाई Production Based Economy मा रूपान्तरण गर्ने।
आयात घटाई निर्यात बढाएर ३ वर्षमा व्यापार घाटा अन्त्य गर्ने।
बस, ट्रक, ट्याक्सी, रिक्सा लगायत सम्पूर्ण यातायात व्यवसायीलाई सेवा–सुविधासहित सम्मानित र प्रतिष्ठित पेशाका रूपमा विकास गर्ने।
स्थानीय योजना :
लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने। तिलोत्तमा र सैनामैनाका नगर अस्पतालको अभिवृद्धि तथा सञ्चालन गर्ने। सैनामैनालगायत प्राकृतिक चिकित्सालाई पनि प्राथमिकतामा राखी विकास गर्ने।
सैनामैनाको रंगशालालाई तत्काल निर्माण गरी खेलकुद सञ्चालन गर्ने। हरेक वडामा खेलमैदान बनाउने।
रिफ्रेस सेन्टर, लामिरह, बर्ड मिलन केन्द्रलगायत रोकिएका कार्यक्रम तत्काल अगाडि बढाउने।
तीनाउ खोलाको तटबन्ध निर्माण कार्य छिटो अगाडि बढाउने।
सुकुम्बासी तथा अन्य स्थानको लालपुर्जा समस्या तत्काल समाधान गर्ने।
तीनाउ खोला तथा १६/३६ कुलोलाई बागमती हुन नदिने दीर्घकालीन समाधान तत्काल गर्ने।
ज्योतिनगरको पहिरोलाई दीर्घकालीन योजनासहित तत्काल समाधान गर्ने।
शिवनगर, तिलोत्तमा, बोलबम र देवदहका गौशालालाई स्तरवृद्धि गरी सडकमा गाईको समस्या समाधान गर्ने।
हाइटेन्सन (High Tension) को समस्या तत्काल समाधान गर्ने।
पर्यटन व्यवस्थापनका लागि फूलबारी, हिलपार्क, नुवाकोट, बसन्तपुर, वनबाटिका, तिलोत्तमा पार्क, मिलन पार्कलगायत स्थानको स्तरवृद्धि गर्ने।
बोलबम धाम, मुक्तिनाथ धाम, जितगढी मन्दिर, कालिका मन्दिर, राम मन्दिर, दुर्गा मन्दिर, मोक्ष धाम, श्रृंगेश्वर धाम, सरस्वती मन्दिर, इस्कन, ओशो आश्रमलगायत धार्मिक स्थलमा गुरुकुलसहित सम्पूर्ण धार्मिक सेवाको व्यवस्थापन गर्ने।
हरेक वडामा नेपाली कृषि तथा अन्य उत्पादनका लागि हाटबजार सञ्चालन गर्ने। बुटवलबाट सबै पालिकाका उत्पादनको बजार ग्यारेन्टी गर्ने।
शिक्षामा लुम्बिनी वाणिज्य क्याम्पसलाई विश्वविद्यालयस्तरमा विकास गर्ने तथा अन्य विद्यालय र क्याम्पसमा प्रयोगात्मक शिक्षा विस्तार गर्ने।
तिलोत्तमालाई औद्योगिक नगरी, बुटवललाई शिक्षा केन्द्र र सैनामैनालाई IT केन्द्रका रूपमा विकास गर्ने।
युवालाई रोजगारीको सुनिश्चितता गर्ने। ऋषि र कृषि परम्परामार्फत देशलाई आत्मनिर्भर बनाउने।
उद्योग र व्यापारको केन्द्रका रूपमा यस क्षेत्रको विकास गर्ने।
सहकारी, लघुवित्त र बैंकिङ पीडितलाई न्याय दिने।
यो देशको इतिहास, अबको नेपाल
सत्यभूमि, शान्तिभूमि, कर्मभूमि, देवभूमि, ज्ञानभूमि, तपोभूमि र मोक्षभूमि हो नेपाल। संसारको गुरु राष्ट्र हो हाम्रो नेपाल। हामी गरिब देश होइनौँ, हामीलाई गरिब बनाइएको हो, पछाडि पारिएको हो।
राष्ट्रिय गौरवका योजनाहरू :
वैकुण्ठ मार्ग
स्वर्ग जाने बाटो
७ प्रदेश ७ चक्र
विश्वको उच्च रंगशाला
सर्वोच्च अदालत
गोर्खा वर्ल्ड बैंक
विधानसभा – जनकपुर
हिन्दू मन्दिर – चतरा
अन्तर्राष्ट्रिय योजना :
ग्लोबल पीस युनियन र ७ शाखा
भारत
चीन
अमेरिका
रसिया
अफ्रिका
युरोप
अष्ट्रेलिया
अन्टार्कटिका
हाम्रा महाअभियानहरू :
आत्मनिर्भर नेपाल महाअभियान
देश फर्क अभियान, गाउँ फर्क महाअभियान
निरोगी नेपाल महाअभियान
राष्ट्र पुनर्निर्माण महाअभियान
आफ्नो गाउँ आफैँ बनाऔँ, आफ्नो देश आफैँ सजाऔँ

प्रतिकृया
Mukhele vanera hun xa ke ka hi plan ho kasari garne