एनएमबि लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, प्लस टु पास भएकाले आवेदन दिन पाउने

feature 1785308606887 https://bajarkochirfar.com/private-job/nmb-laghubitta-seeks-employees-for-various-positions-plus-two-pass-candidates-are-eligible-to-apply/ | %tags
Recruitment Summary
Company Private Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name): NMB Laghubitta Bittiya Sanstha Ltd.
◆ पद (Position / Title): Junior Officer, Supervisor, Senior Assistant, Assistant, Junior Assistant
◆ रिक्त संख्या (Vacancies): Few
◆ आवेदन खुल्ने मिति (Open Date): २०८३/०४/१३
◆ आवेदन दिने अन्तिम मिति (Close Date): २०८३/०४/२७

◆ संक्षिप्त जानकारी (Summary):

एनएमबि लघुवित्त वित्तीय संस्थाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कार्यालयका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।

एनएमबि बैंकको सहायक कम्पनीको रूपमा नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले खुला प्रतिस्पर्धाद्वारा रिक्त पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। संस्थाको केन्द्रीय कार्यालय तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा रहेका शाखा कार्यालयहरूका लागि कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग गरिएको हो। इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३/०४/२७ गतेसम्म कार्यालय समयभित्र अनलाइन आवेदन दिन सक्नेछन्।

योग्यताको हकमा आन्तरिक लेखा परीक्षण विभागको कनिष्ठ अधिकृत/सुपरभाइजर/वरिष्ठ सहायकका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट CA/Semi CA वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यअनुभव आवश्यक पर्नेछ। सूचना प्रविधि विभागको कनिष्ठ अधिकृत/सुपरभाइजरका लागि स्नातक तह उत्तीर्ण र ४ वर्षको अनुभव, शाखा प्रमुख (सुपरभाइजर/वरिष्ठ सहायक/सहायक) का लागि प्लस टु उत्तीर्ण र शाखा प्रमुखका रूपमा १ वर्ष वा फिल्ड सहायकका रूपमा ३ वर्षको अनुभव, तथा फिल्ड सहायक (सहायक/कनिष्ठ सहायक) का लागि प्लस टु उत्तीर्ण र कम्तीमा २ वर्षको अनुभव तोकिएको छ।

उमेरको हदमा अधिकृत श्रेणीका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला आवेदकको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुने व्यवस्था छ। परीक्षाको किसिम अन्तर्वार्ता र कम्प्युटर सीप परीक्षण हुनेछ। छोटो सूची (Shortlist) प्रकाशन २०८३/०५/०१ गते हुने र अन्तर्वार्ता २०८३/०५/०६ गतेदेखि सुरु हुने संस्थाले जनाएको छ। इच्छुक आवेदकले संस्थाको वेबसाइट www.nmbmicrofinance.com मार्फत आवेदन दिन सक्नेछन्।

थप सुचनामा:

 

download 1 https://bajarkochirfar.com/private-job/nmb-laghubitta-seeks-employees-for-various-positions-plus-two-pass-candidates-are-eligible-to-apply/ | %tags

 

Related Opportunities

Organization

सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा मार्केटिङ/बिजनेस डेभलपमेन्ट अफिसर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

उन्नति सहकार्य लघुवित्तले माग्यो अधिकृतदेखि सहायक प्रशिक्षार्थीसम्मका लागि कर्मचारी

Deadline : Refer to Notice
View Details →

Organization

वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टमद्वारा म्यानेजर – रिटेल सेल्स पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

सुजल फुड्स प्रा. लि. द्वारा क्युसी अफिसर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

छिमेक लघुवित्तले माग्यो ३७ जना कर्मचारी, +२ पास भएकाले आवेदन दिन पाउने

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स