नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो भरतपुरस्थित केन्द्रीय कार्यालय र शाखाहरूका लागि विभिन्न तहमा दक्ष कर्मचारीहरूको माग गरेको छ। बैंकले रिस्क अफिसर (अफिसर देखि म्यानेजर तह), कम्प्लायन्स अफिसर (अफिसर तह), ब्रान्च म्यानेजर (अफिसर तह) र अपरेसन एण्ड क्रेडिट डिपार्टमेन्ट (असिस्टेन्ट तह) का लागि आवेदन खुला गरेको हो। रिस्क र कम्प्लायन्स अफिसरका लागि सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव र कम्तिमा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण (CA/ACCA लाई प्राथमिकता) हुनुपर्नेछ। ब्रान्च म्यानेजरका लागि ५ वर्षको अनुभव र क्रेडिट तथा ब्रान्च अपरेसनको ज्ञान आवश्यक छ। अपरेसन एण्ड क्रेडिट विभागका लागि कम्तिमा २ वर्षको अनुभव वा उत्कृष्ट नतिजा भएका फ्रेसरले पनि आवेदन दिन सक्नेछन्। इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा, फोटो र शैक्षिक प्रमाणपत्रहरू सहित अप्रिल २४, २०२६ सम्म [email protected] मा इमेल गर्नुपर्नेछ।
थप सुचनामा:


