■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Makalu Gaupalika |
| ◆ पद (Position / Title): | Napi Adhikrit (6th Level), Surveyor (5th Level) |
| ◆ रिक्त संख्या (Vacancies): | 2 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०४/१३ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०४/२७ |
◆ संक्षिप्त जानकारी (Summary):
संखुवासभास्थित मकालु गाउँपालिकाले भूमि प्रशासन सेवा सञ्चालनका लागि करार सेवामा नापी अधिकृत र सर्वेक्षक पदमा कर्मचारी माग गरेको छ।
मकालु गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, नुम, संखुवासभाले भूमि प्रशासन सेवा सञ्चालनका लागि करार सेवामा पदपूर्ति गर्न सूचना प्रकाशित गरेको छ। गाउँ कार्यपालिकाको २०८३/०३/२२ को निर्णयानुसार तपसिलका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त माग गरिएको हो।
माग गरिएको पदहरूमा छैटौं तहको नापी अधिकृत १ जना र सहायक पाँचौं तहको सर्वेक्षक १ जना रहेका छन्। नापी अधिकृतका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट जियोम्याटिक्स इन्जिनियरिङ वा सम्बन्धित सर्वे विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ भने सर्वेक्षकका लागि सोही विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
दरखास्त दिने अन्तिम मिति २०८३/०४/२७ सम्म तोकिएको छ। उमेरको हदमा नापी अधिकृतका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सर्वेक्षकका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका उम्मेदवारहरूको हकमा माथिल्लो उमेरको हद ४० वर्षसम्म रहनेछ। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ।
दरखास्त शुल्क नापी अधिकृतका लागि रु. १,२०० र सर्वेक्षकका लागि रु. ५०० तोकिएको छ। दरखास्त फाराम गाउँपालिकाको कार्यालय वा वेबसाइट www.makalumun.gov.np बाट प्राप्त गर्न सकिनेछ। दरखास्त मकालु गाउँपालिकाको कार्यालय वा इमेल [email protected] मार्फत बुझाउन सकिनेछ। परीक्षा २०८३/०५/०३ गते बिहान ११ बजे सञ्चालन हुने सूचनामा उल्लेख छ।
थप सुचनामा:
