सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कोशी र बागमती प्रदेशका पहाडी जिल्लाहरूमा काम गर्ने गरी खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। संस्थाले सहायक, वरिष्ठ सहायक र सुपरभाइजर (शाखा प्रमुख/फिल्ड सहायक) तथा कनिष्ठ सहायक/प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो। सहायक श्रेणीका लागि १०+२ वा सो सरह उत्तीर्ण भई अनुभव भएको वा स्नातक तह उत्तीर्णलाई प्राथमिकता दिइनेछ। कनिष्ठ सहायकका लागि १०+२ वा एसईई उत्तीर्ण हुनुपर्नेछ। १८ देखि ३५ वर्ष उमेर समूहका (महिलाको हकमा ४० वर्ष) इच्छुक उम्मेदवारले १५ दिनभित्र संस्थाको आधिकारिक इमेल [email protected] मा वा केन्द्रीय कार्यालय बनेपामा आफ्नो बायोडाटा, फोटो र शैक्षिक प्रमाणपत्र सहित आवेदन दिन सक्नेछन्। मोटरसाइकल चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिइनेछ।
थप सुचनामा:

