नेशनल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मार्केटिङ स्टाफ (ब्रान्च इन्चार्ज/मार्केटिङ अफिसर), आईटी विभाग (सपोर्ट एण्ड डेभलपमेन्ट), र आईटी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको छ। मार्केटिङका लागि स्नातक वा सो सरह, आईटी विभागका लागि बीसीए/बीआईएम/सीएसआईटीमा स्नातक र आईटी असिस्टेन्टका लागि प्लस टु वा स्नातक तह उत्तीर्ण हुनुपर्नेछ। इच्छुक उम्मेदवारले ७ दिनभित्र २ प्रति फोटो र आवश्यक कागजातसहित [email protected] मा इमेल मार्फत आवेदन दिन सक्नेछन्।
| Recruitment Summary | |
|---|---|
| Company | National Life Insurance Company Limited |
| Notice Date | 25/02/2026 |

