नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयहरूका लागि कर्मचारीको आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ। संस्थाले विज्ञापन नं. ०६/०८२/०८३ मा कनिष्ठ सहायक (स्थायी) र विज्ञापन नं. ०७/०८२/०८३ मा प्रशिक्षार्थी कनिष्ठ सहायक पदका लागि दरखास्त आह्वान गरेको हो। दुवै पदका लागि न्यूनतम योग्यता १०+२ वा सो सरह उत्तीर्ण भई कम्प्युटर, इमेल/इन्टरनेट र अफिस प्याकेज सम्बन्धी ज्ञान हुनुपर्नेछ। साथै, उम्मेदवारसँग दुई पाङ्ग्रे सवारी साधन र चालक अनुमति पत्र हुनु अनिवार्य छ। इच्छुक उम्मेदवारले २०८० वैशाख २० गतेभित्र संस्थाको आधिकारिक वेबसाइटबाट फारम डाउनलोड गरी आवश्यक कागजातहरू (बायोडेटा, नागरिकता, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमति पत्र) सहित [email protected] मा इमेल गर्नुपर्नेछ। १८ देखि ३५ वर्ष उमेर समूहका (महिलाको हकमा ४० वर्ष) योग्य व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
थप सुचनामा:

