■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Janautthan Samudayik Laghubitta Bittiya Sanstha Limited |
| ◆ पद (Position / Title): | Chief Executive Officer (CEO) |
| ◆ रिक्त संख्या (Vacancies): | 1 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०५/०१ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०५/२१ |
◆ संक्षिप्त जानकारी (Summary):
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत प्रमुख कार्यकारी अधिकृत (CEO) पदको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
समावेशी वित्तीय प्रणाली निर्माणको अभियानमा रहेको र नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुटवल, रूपन्देहीमा रहेको छ भने यसको कार्यक्षेत्र तराईका ११ र पहाडी ८ जिल्ला गरी जम्मा १९ जिल्लाहरूमा फैलिएको छ। इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मिति (२०८३/०५/०१) ले २१ दिनभित्र तोकिएको ठेगानामा आवेदन दिनुपर्नेछ।
यस पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्यअनुभवको हकमा, उम्मेदवारले नेपाल राष्ट्र बैंकले तोकेको विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्था वा सामुदायिक वित्तीय सेवा सम्बन्धी क्षेत्रमा व्यवस्थापकीय श्रेणीमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्नेछ। यदि स्नातक उपाधि मात्र हासिल गरेको भए व्यवस्थापकीय श्रेणीमा कम्तीमा १० वर्षको कार्यअनुभव आवश्यक पर्नेछ। उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिमा न्यूनतम ३० वर्ष र अधिकतम ६० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।
छनौट प्रक्रियामा व्यावसायिक योजना (Business Plan), प्रस्तुतीकरण र अन्तर्वार्ता समावेश हुनेछन्। तलब तथा अन्य सुविधाहरू नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा आधारित रही आपसी समझदारीमा तय गरिने संस्थाले जनाएको छ। रितपूर्वक परेका आवेदनहरूमध्ये संक्षिप्त सूची (Shortlist) मा परेका उम्मेदवारहरूलाई मात्र छनौट प्रक्रियामा समावेश गरिनेछ।
आवेदन फाराम वित्तीय संस्थाको आधिकारिक वेबसाइट www.jucbank.com.np बाट डाउनलोड गर्न सकिनेछ। भरिएको आवेदन फाराम र आवश्यक कागजातहरू संस्थाको केन्द्रीय कार्यालयमा भौतिक रूपमा बुझाउन वा [email protected] मा इमेल मार्फत पठाउन सकिनेछ। विज्ञापन सम्बन्धी थप जानकारीका लागि संस्थाको केन्द्रीय कार्यालय, बुटवल-१०, कालिका नगरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
थप सुचनामा:


